नियम १८
विवरण अद्यावधिक राख्नु पर्ने

(१) उजुरी सुन्ने निकायमध्ये स्थानीय निकाय र प्रहरी कार्यालयले प्रत्येक बर्ष आफू समक्ष परेको उजुरी र सो उजुरी सम्वन्धी कारवाहीको विवरण मासिकरुपमा जिल्लास्थित महिला विकास कार्यालयमा पठाउनु पर्नेछ ।
(२) सेवा केन्द्रले आफूले वर्षभरीमा पीडितलाई उपलव्ध गराएको सेवा लगायतका विवरण जिल्लास्थित महिला विकास कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम उजुरी सुन्ने निकाय र सेवा केन्द्रबाट प्राप्त भएका विवरण महिला विकास कार्यालयले मन्त्रालय समक्ष पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम महिला विकास कार्यालयबाट प्राप्त भएको विवरण मन्त्रालयले अध्यावधिक गरी राख्नु पर्नेछ ।